arrow

उर्लाबारीबाट सुसन लिम्बू पक्राउ

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
susan-limbu.JPG

उर्लाबारी । मोरङ प्रहरीले अपहरण, शरीर बन्धक तथा चोरी मुद्दाका फरार प्रतिवादी मोरङ उर्लाबारीका सुसन लिम्बूलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले फरार रहेका उर्लाबारी नगरपालिका–५ का ३४ वर्षीय सुशन भनिने राजेश्वर लिम्बूलाई मंगलबार राति ९:३० बजेतिर पक्राउ पक्राउ गरेको हो  ।
 
अदालतले दोषी ठहर गरेको चार वर्षपछि लिम्बू पक्राउ परेका हुन् । जिल्ला अदालत झापाले दोषी ठहर गर्दै २०७३ साल माघ ५ गते उनलाई नौ वर्ष १५ दिन कैद र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

विशाल ढुङ्गेलको जाहेरीका आधारमा लिम्बू अदालतबाट दोषी ठहर भएका प्रतिवादी हुन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार लिम्बूलाई उर्लाबारी–४ आइतबारेबाट नियन्त्रणमा लिएर बुधवार झापा अदालतमा बुझाइएको छ । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ