arrow

सुदूरपश्चिमका मुख्यमन्त्री सातदोबाटोको सडकमा

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
triloacan-bhatta-banda.jpg

डोटी ।सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउँदै काठमाडौँको सडकमा उत्रिएका छन् । नेकपा प्रचण्ड-माधव समूहद्वारा देशव्यापी रूपमा घोषणा गरिएको आम हडतालको समर्थनमा काठमाडौँको सडकमा निस्किएका मुख्यमन्त्री भट्ट बन्दकर्ताहरुसंगै बन्द गराउँदै हिँडेका छन् ।

काठमाडौँ सातदोबाटोमा विरोध प्रदर्शनमा मुख्यमन्त्री भट्टसँगै उनका स्वकीय सचिव शिवसिंह ओली समेत सहभागी छन् । नेकपाकै नेता देब गुरुङ पनि बन्द गराउदै हिँडेका छन् ।

आफै सरकार प्रमुख भएर शान्ति सुरक्षामा खलल पुग्ने गरी गरिएका बन्द र तोडफोडमा मुख्यमन्त्री नै सहभागी भएको भन्दै सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्टको आलोचना भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ