arrow

सुदूरपश्चिमको प्रदेश सभामा कांग्रेसको अवरोध, बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
sudur-81-2-3.jpg

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ । मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने भनी बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबर्जस्ती प्रदेश सभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए ।

कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ