arrow

तनहुँमा ट्याक्टर दुर्घटना: छोराको मृत्यु, आमा घाइते

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
accident-1.jpg

तनहुँ। ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । व्यास नगरपालिका वडा नं. ६ साँजास्थित बाकोरे खोलास्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना भएको हो । 

ट्याक्टर सडकबाट करिब तीन सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । साँजाबाट सेखाटार तर्फ जाँदै गरेको ग१त ३०८३ नं.को ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको तनहुँ प्रहरीका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

दुर्घटनामा स्थानीय ९ वर्षका सरोज थापाको सोही ट्याक्टरको ढालाले च्याएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक जिल्ला तनहुँ ब्यास नपा ६ सेखाटार बस्ने बर्ष ४० को बुद्धि श्रेष्ठ र ट्याक्टरमा सवार मृतक सरोजकी आमा २७ कि सरस्वती थापा घाइते छिन् । घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको डिएसपी तिमिल्सिनाले जानकारी दिए ।

दुर्घटनामा ट्याक्टरको अग्र भाग क्षतविक्षत भएको छ । पछाडिको भाग रुखमा अड्किएको बताएको छ ।आजै तनहूँको घाँसीकुवामा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ