arrow

झापामा पालिकाका शिक्षा अधिकारी र कर्मचारीहरूको शैक्षिक अन्तरक्रिया सम्पन्न

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ माघ २४ शनिबार
jhapa-teacher-local.jpg

झापा। झापा जिल्ला अन्तरगतका १५ वटै पालिकामा कार्यरत शिक्षा अधिकारी  र शिक्षा सेवाका कर्मचारीहरूको शैक्षिक अन्तरक्रिया हिजो शुक्रवार सम्पन्न भएको छ। जिल्लाको शिवसताक्षि नगरपालिकाको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला अन्तरगतका पालिकामा कार्यरत सम्पूर्ण शिक्षा अधिकारी र कर्मचारीहरूले कार्यक्रम कार्यान्वयन र कार्य सम्पादनमा आएका कठिनाइ साथै उक्त समस्या  समाधानका उपायहरू बारे छलफल गर्दै अन्तरक्रिया कार्यक्रममा आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

मुलुक राज्य पुन संरचनामा रूपान्तरण भए पश्चात्  शिक्षा छेत्रका सरोकार वाला निकायहरूको अधिकार र दायित्वमा भएको हेरफेर र कार्यक्रम कार्यान्वयनमा आएका चुनौती र एकरूपता सम्बन्धी विषयमा छलफल केन्द्रित गरिएको थियो।

शिक्षा विकास तथा समन्वय एकाइ झापाका एकाइ प्रमुख राजकुमार विश्वकर्माको प्रमुख आथित्यता तथा मेचीनगर नगरपालिकाका शिक्षा प्रमुख उपसचिव  होमनाथ भण्डारीको सभापतित्वमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई शिवसताक्षी नगरपालिकाका शिक्षा प्रमुख उपसचिव सुरेन्द्र दाहालले सहजीकरण गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा अर्जुनधारा नगरपालिकाका शिक्षा अधिकारी उपसचिव तोया नाथ रेग्मी, गौरादह नगरपालिकाका शिक्षा अधिकारी उपसचिव टेकनाथ रेग्मी लगायत १५ वटै पालिका अन्तरगतका शिक्षा,युवा र खेलकुद शाखामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

शिक्षा शाखा अन्तर्गत सम्पादन हुने सङ्घीय, प्रदेश र स्थानीय सरकारका सबै कार्यक्रम बारे छलफल गर्दै समसामयिक मुद्दा र चुनौतीहरूबारे अन्तरक्रिया छलफल गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा सशर्त अनुदान अन्तर्गतका कार्यक्रमहरू कार्यान्वयन पुस्तिकाले निर्देश गरे बमोजिम हुबहु पालना गरिने र स्थानीय शिक्षा ऐन कार्यविधि ,सङ्घीय शिक्षा ऐन सँग बाझिएको हकमा सङ्घीय शिक्षा ऐन बमोजिम नै गरिने अन्तरक्रिया कार्यक्रममा निर्णय गरिएको थियो।

साथै नयाँ सङ्घीय शिक्षा ऐन हालसम्म कार्यान्वयनमा आइ नसकेको अवस्थामा शिक्षा ऐन,२०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली २०५९ (संशोधन सहित) नै हालको सङ्घीय शिक्षा ऐन रहेको अन्तरक्रिया कार्यक्रममा जानकारी गराउँदै कार्यक्रम सम्पन्न गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ