arrow

'वर्षौंको मेहनत र कमाइबाट किनिने निर्माण सामाग्री गुणस्तरीय हुनुपर्छ'

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
Nepatop-photo.jpg

काठमाडौं । कोरोना  महामारीबाट थलिएका उद्योगधन्दा तथा व्यवसायहरूले सुधारको बाटो समात्न थालेका छन् ।निर्माण—उन्मुख उत्पादन र प्रशोधन उद्योगहरूले पनि महामारीको चपेटबाट निस्कन प्रयास गरिरहेका छन् । उत्पादन क्षेत्रका उद्योगहरूले  लामो ‘लकडाउन’ झेलेका कारण अझै तङ्गिन सकिरहेका छैनन् ।

लकडाउनकै कारण अहिलेसम्म उद्योगहरू समस्यामा नै छन्, यसको असरको मार उपभोक्तासम्म पर्न गएको छ । अहिले कच्चा पदार्थको भाउ वृद्धि भएको उद्योग व्यवसायीहरू बताउँछन् । यसको प्रत्यक्ष मार उपभोक्तामा पर्नेछ । भाउ वृद्धि भए पनि नेपाटपले गुणस्तरमा कुनै कमी हुन नदिई आफ्ना उत्पादनहरू बजारमा ल्याइरहेको छ । 

कसरी बढ्यो कच्चा पदार्थको भाउ ?
लकडाउनका बेला कच्चा पदार्थ आयात गर्न २ सय प्रतिशतसम्म भाउ बढेको थियो । लकडाउनका बेला सयौं चिनियाँ कन्टेनरहरू कच्चा पदार्थ लगेर युरोप जाँदा कन्टेनरको अभावका कारण ढुवानीका लागि खर्च अत्यधिक बढेको निर्माण—उन्मुख उत्पादन र प्रशोधन कम्पनी नेपाटपका बजार व्यवस्थापक बिनोद महत बताउँछन् ।

यसमाथि झन् नेपालजस्ता न्यून औद्योगिक क्षेत्र भएका मुलुकहरूलाई कच्चा पदार्थ आयात गर्न समस्या भएको थियो ।
लकडाउन अघिको तुलनामा अहिले विभिन्न कच्चा पदार्थको भाउ ३० देखि ७० प्रतिशतसम्म बढेको छ ।

ढुवानी खर्च, कच्चा पदार्थको मूल्य वृद्धि, पारिश्रमिक वृद्धिलगायतका कुराहरूले अहिले उत्पादित सामाग्रीको मूल्य पनि बढ्न पुगेको व्यवस्थापक महतको भनाइ छ ।

कोरोना भाइरसको महामारीले कति क्षति भयो र भइरहेको छ भन्ने कुरा राष्ट्रले नै आकलन गर्न नसकेको अवस्था छ । 
यस्तोमा औद्योगिक क्षेत्रको कुरा गर्ने हो भने, व्यवसायीहरू पैसा भए पनि नयाँ ठाउँमा लगानी गर्न सक्ने स्थितिमा छैनन् ।

उपभोक्ता समर्थित नेपाटप

महामारीका कारण मूल्यवृद्धि भए पनि कम्पनीले उपभोक्ता मारमा नपर्ने गरी व्यवसाय प्रवर्द्धन गरिरहेको महत बताउँछन् ।

‘जीवनभरिको पसिना र मेहनतबाट घर बनाउने, गाडी किन्नेजस्ता सपना हुन्छन्, वर्षौंको मेहनत र कमाइबाट किनिने सामाग्री गुणस्तरीय हुनुपर्छ भन्ने हाम्रो सबैभन्दा ठुलो मान्यता हो’ व्यवस्थापक महतले भने । गुणस्तरीय सामाग्री खोज्नेहरूले नै नेपाटप रोज्ने गर्छन् । 

लकडाउनपछिको अवस्थामा जताततै सामाग्री मूल्य बढेको छ । यस्तोमा बढी मूल्य भए पनि सामाग्रीको गुणस्तर पनि कम हुन नदिने कम्पनीको प्रतिबद्धता छ ।

महामारीका कारण भएको लकडाउनको समयमा कयौं कम्पनीहरूले कर्मचारी निष्कासन गरे पनि नेपाटपले त्यो अवस्थामा आउन नदिएको उनको भनाइ छ ।

महामारीका समयमा कम्पनीले विभिन्न अस्पताललाई नमुना संकलन बुथलगायतका स्वास्थ्य सामाग्री वितरण गरेको थियो । 
उपभोक्ताको सन्तुष्टि, कर्मचारी र सरकारलाई बुझाउने करलाई ध्यानमा राख्दै कम्पनी अहिले अघि बढी रहेको छ । महामारीकै अवस्था रहेका कारण कुनै विशेष योजना नबनाए पनि देशभर उपभोक्तालाई मार पर्न नदिने किसिमले उत्पादन र बजार व्यवस्थापन भइरहेको कम्पनीले जनाएको छ ।

नेपालको प्लास्टिक उत्पादन एवं प्रशोधन क्षेत्रको मुख्य कम्पनीका रूपमा रहेको नेपाटपले उत्पादन गरेका सामाग्री देशभर प्राथमिकताका साथ प्रयोगमा छन् ।

नेपाल हिलटप इन्डस्ट्रिज अन्तर्गतको नेपाटपले स्टिल, प्लास्टिकका ट्याङ्की लगायतका निर्माण—उन्मुख सामाग्री उत्पादन गर्दै आएको बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ