arrow

रक्सी सेवन गरेका मोटरसाइकल चालक संजयले लिए पोतेजोमको ज्यान

logo
किशोर तामाङ
प्रकाशित २०७७ माघ २७ मंगलबार
accident-death-kanchanpur.jpg

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकामा मोटरसाइकलले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ। स्थानीय पुनर्वास नगरपालिका २ अरनिको बस्ती निवासी बर्ष ५२ की पोतेजोम तामाङ दैनिकझैं खेतमा काम गरी साँझपख सडकछेउ हुँदै घरमा आउदै गर्दा अरनिको बस्तीस्थित मिनि बजार नजिकै तिब्र गतीमा आएको से ४ प ५५४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। 

दुर्घटनामा परि गम्भिर घाइते भएकी तामाङलाई उपचारका लागि आईबिआरडीस्थित पुनर्वास पोलिक्लिनक लगिएको थियो। त्यहाँ उपचार सम्भव नभए पछि धनगढी सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । प्रादेशिक अस्पतालमा उपचारकै क्रममा रहेका बेला माया मेट्रोमा सिटी स्क्यान गर्नका लागि लैजादै गर्दा बाटोमै मृत्यू भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले जानकारी दिए। 

ठक्कर दिने मोटरसाइकल चालक बर्ष २२का सञ्जय सुनार र रातो स्प्लेन्डर मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।अत्यधिक मदिरा सेवन र तीव्र गतिका कारण दुर्घटना हुन सक्ने त्रिभुवनबस्तीका प्रहरी निरिक्षक बिष्टले बताए ।

दुर्घटनामा परि मृत्यु भएका तामाङको शवलाई पोष्टमार्टमका लागि सेति प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ