arrow

प्रेस युनियन डोटीमा आबद्ध पत्रकारहरूको दुर्घटना बिमा

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
press-union-doti.jpg

डोटी । नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरिएको छ । एसियन लाइफ ईन्स्योरेन्स दिपायलले एक लाख बराबरको बिमा गरिदिएको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिएका छन् ।

एसियन लाइफ दिपायलका शाखा प्रबन्धक नवराज पण्डितले समाजसेवाका लागि पत्रकारहरू निरन्तर जोखिमका साथ खटिरहने भएकाले शाखाले युनियनको अनुरोध स्वीकार गर्दै दुर्घटना तथा जोखिम बिमा गरी दिएको पण्डितले बताए । उनले भने ,' ज्यानको बाजि राखेर समाज रूपान्तरणका लागि भूमिका खेलेकाले सम्मान स्वरूप बिमा गरिदिएको हो ।  आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने परिबध्द्ता व्यक्त गरे ।'

शाखाले ५० तथा प्रेस युनियन डोटीले २० जना  बापतको बिमा शुल्क बेहोरेको अध्यक्ष बमले बताए  । डोटीमा ०६५ सालदेखि शाखा सञ्चालन गरेर सेवा दिँदै आएको एसियन लाइफ ईन्स्योरेन्स डोटीको पुरानो बिमा कम्पनी हो । एसियनले डोटीबाट नै सबै प्रकारका बिमाहरूको भुक्तानी गर्दछ ।

जीवन बिमा कोष २३ अर्ब रहेको एसियन लाइफ नेपालकै अग्रणी कम्पनी भएको प्रबन्धक पण्डितले जानकारी दिए । एसियन लाइफको देशभर १४० शाखा कार्यालय रहेको छ । यस अघि नेपाली काँग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरको सहयोगमा लुम्बिनी ईन्स्योरेन्समा युनियन आबद्ध ९२ पत्रकारहरूको कोराना बिमा गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ