arrow

प्रेमबारे ओशोका ९ मार्गदर्शन

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
osho-naya-barsha.jpg

काठमाडौँ ।  प्रेम गर्नुहुन्छ भने तपाईँले पनि धेरै कुराको ख्याल गर्नुपर्छ । प्रेम अन्धो हुन्छ भनिन्छ त्यसैले पनि केही ध्यान पुर्‍याउन भने जरुरी छ।

१४ फेब्रुअरी भ्यालेन्टाइन डे । यसको चर्चा विश्वभर हुन्छ । प्रेमबारेका अद्भुत कुराहरू हुन अहिलेसम्म छाडेका छैनन् । यससम्बन्धीमा दर्शनशास्त्री ओशोका आफ्नै विचार छन् । ओशोले प्रेम बारे ९ मार्गदर्शन दिएका छन् ।

१, यसले कुनै अर्थ राख्दैन कि तपाईँले कसलाई प्रेम गर्नुहुन्छ, कहाँ प्रेम गर्नुहुन्छ, किन प्रेम गर्नुहुन्छ, कहिले प्रेम गर्नुहुन्छ, कसरी प्रेम गर्नुहुन्छ, अनि के का लागि प्रेम गर्नुहुन्छ, मतलब सिर्फ यही राख्छ कि तपाईँ प्रेम गर्नुहुन्छ ।

२, प्रेम एक पक्षी हो जसलाई स्वतन्त्र हुन नै मन पर्छ । प्रेम बढ्नका लागि पूरा आकाशको जरुरी पर्छ ।

३, दुनियाँमा दोस्ती हुनु नै सच्चा प्रेम हो । दोस्तीको भाव नै प्रेमको सर्वोच्च रूप हो । जहाँ केही पनि मागिँदैन, कुनै सर्त राखिँदैन, जहाँ दिइन्छ मात्र ।

४, यदि तपाईँ प्रेमपूर्वक बाँचिरहनु भएको छ भने तपाईँले महान् जिन्दगी बाँचिरहनु भएको छ । किनकि प्रेमले नै जिन्दगीलाई महान् बनाउँछ ।

५, प्रेमको सर्वश्रेष्ठ सीमा स्वतन्त्र हुनु हो । पूरा स्वतन्त्रता । कुनै पनि नाता टुक्रिनु भनेको स्वतन्त्रता नहुनु हो ।

६, प्रेम एक सराब हो । यसको स्वाद लिनुपर्छ । त्यसलाई पिउनु पर्छ । सराबमा डुब्नुपर्छ । तब मात्र पत्तो पाइन्छ कि प्रेम के हो ।

७, दोस्ती नै सबैभन्दा निर्मल प्रेम हो । प्रेमको उच्च स्तर नै दोस्ती हो । जहाँ कुनै पनि परिस्थितिका लागि कसैसङ सोधिँदैन, सिर्फ एक अर्कालाई खुसी दिइन्छ ।

८, जब कुनै प्रेमको योजना बन्छ तब तपाईँको पुरै ध्यान त्यसमा सामिल हुन्छ भने सोच्नुस् यो झुटो र पाखण्डीपन बन्नेछ । किनकि प्रेममा योजना हुँदैन ।

९, सबैभन्दा ठुलो सवाल यो होइन कि कति सिक्न सकिन्छ, सवाल यो हो कि कति भुल्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ