arrow

बस दुर्घटनामा नेपाली सेनाका दश जना गम्भीर घाइते

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
accident-1.jpg

बाँके । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित फागुन ३ गते नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।

सोलु नाम्चेबाट कालिकोट शंशेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवारमध्ये १० जना घाइते भएका हुन् । 

उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको हो ।

गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगंज राझातर्फ पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ