arrow

सनमको घटनास्थलमै मृत्यु

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ फागुन ५ बुधबार
accident-1.jpg

झापा । झापाको सरणामतिमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने झापा गाउँपालिका ६ सरणामती  बस्ने बर्ष २२ का सनम तामाङ रहेको  प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए । 

जानकारी अनुसार सनम तामाङ मंगलबार साँझ करिब ६ः३० बजेको समयमा स्थानीय झापा गापा वडा न ७ मा पर्ने सानोमाइ पुल क्षेत्र नजिक   पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा सबार को १३ प ९०० नम्बरको मोटरसाइकल अनियंत्रित भइ नवनिर्मित दयालधाम कालोपत्रे सडक अन्तर्गत  सानो माइ पुलमा दुर्घटना भएको थियो । 

उनको घटनास्थलमै ज्यान गएको डीएसपी थापाले जानकारी दिए । घटना पश्चात् आवस्यक कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि शव अस्पताल लगिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ