- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको गौरादह नगरपालिकामा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया आज बुधवार सम्पन्न भएको छ । गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहको सभापतित्वमा नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा गौरादह नगर अन्तरगत रहेका ९ वटै वडाका वडा अध्यक्षहरू , वडा सचिवहरू तथा नगरपालिका कार्यालयका विभिन्न शाखामा कार्यरत कर्मचारीहरू अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रमलाई सहजीकरण गर्दै झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भोलि बिहीबार बाट गौरादह नगइभएर नगर भरी ४० वटा केन्द्र मार्फत तथ्याङ्क सङ्कलन गरिने जानकारी दिएका थिए ।
विवरण सङ्कलनमा प्राथमिकताका निम्ति समाजमा रहने ज्येष्ठ नागरिक तथा अशक्त एवम् फरक क्षमता भएका नागरिक हुलाइ प्राथमिकता दिई कार्यक्रम अगाडि बढाइने जानकारी दिँदै विवरण सङ्कलनका निम्ति खटिने इस्यु अधिकारीलाई सोही अनुरूप विवरण सङ्कलन गर्न सुझाव दिँदै उक्त कार्यका निम्ति सम्बन्धित वडाका जनप्रतिनिधि हुलाइ सहजीकरण गरिदिन अनुरोध गरेका छन् ।
विवरण सङ्कलनका क्रममा हुन सक्ने सम्भावित अवस्था लाई मध्यनजर गरी आवश्यक सुरक्षा सतर्कता साथ कार्यक्रम अगाडि बढाइने जानकारी समेत दिएका छन् । राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण देशका ७५३ वटै पालिका हरुमा सञ्चालित गरिने जानकारी गराउँदै यो परिचय पत्र एउटा छुटै विशेषता बोकेको जैविक विवरण भएको स्मार्ट कार्ड हुने बताए ।
यस स्मार्ट कार्डमा मानिस -मानिस बिच फरक फरक पर्ने व्यक्तिको ब्याक्तिगत तस्बिर , औठा छाप ( फिङ्गर प्रिन्ट ) तथा आँखाको रेटिना लाई विवरणमा सङ्कलन गरी तयार पारिने बताए । फरक विवरण राखी तयार पारिने १० वटा फरक सङ्केत नम्बर भएको र त्यसमा डाटा सङ्कलनका निमित्त ३०० के. बि . मेमोरी क्षमता भएको मेमोरी चिप राखी तयार पारिने कार्ड बाट राष्ट्रिय परिचय पत्र तयार हुने बताए ।
यो परिचय पत्र विवरण दर्ताका निम्ति १६ बर्स उमेर पुगेको नेपाली नागरिक हुनु पर्ने अथवा २०६१ साल फाल्गुन ४ गते अगाडी जन्मिएका व्यक्तिहरू हालका निम्ति यो विवरण सङ्कलनका निम्ति योग्य हुने बताए ।देशका ७५३ वटै वडा मार्फत विवरण सङ्कलन गरिने र सम्बन्धित वडा बाटै यो परिचय पत्र वितरण गरिने बताए ।
हाल सम्ममा देश भर प्रथम चरणमा ३५० वटा स्मार्ट कार्ड वितरण गरिएको र अबको चरणमा चार लाख ५० हजार कार्ड वितरण गरिने जानकारी गराए । २०७६ सालको राष्ट्रिय परिचय पत्र ऐन अन्तरगत रहेर तयार पारिने यो डिजिटल प्रविधिको परिचय पत्र विश्वका १ सय भन्दा बढी मुलुक हरूमा प्रयोग भैसकेको तथा यो परिचय पत्रको आधारमा नेपाल सरकारले दिइँदै आएको सुविधा हुलाइ यो परिचय सँग जोडिने बताए ।
नागरिकता प्रमाण पत्र राहदानी , तथा लोक सेवा आयोगको फाराम भर्न पनि यो परिचय पत्रको प्रयोग हुने जानकारी दिँदै हरेक व्यक्तिको व्यक्तिगत विवरण ,व्यक्तिको उन्नति तथा प्रगतिको विवरण , बैङ्क खाता विवरण लगायत तस परिचय पत्रमा समावेश गरिने जानकारी दिए । राज्य र जनताको सम्बन्ध जोड्दै राज्यमा सुशासन कायम गर्न यो कार्ड कोसे ढुङ्गा साबित हुने बताउँदै ।
यस परिचय पत्र कार्य गर्न प्रत्येक पालिकामा २ वटा स्टेसन स्थापना गरिने तथा हाल विवरण भर्नका निम्ति आफू हाल बसोबास गरेकै पालिका मार्फत आफ्नो स्थायी ठेगाना उल्लेख गरी विवरण भर्न सकिने बताए ।
हाल यो राष्ट्रिय परिचय पत्र बारे आफू हरू यस कार्यक्रममा समावेश हुने जिज्ञासा राख्दै विदेशमा बस्ने नेपाली नागरिकहरुले पनि अनुरोध गरेकोले उनीहरूलाई पनि यस कार्यक्रममा आगामी दिनमा समावेश गरिने लक्ष्य अनुरूप उनीहरूको नेपालको आवश्यक विवरण भरी परिचय पत्र दिने योजना रहेको र त्यो परिचय पत्र राष्ट्रिय परिचय पत्र नभएर " परिचय पत्र "मात्र हुने बताए ।
यो परिचय पत्रको विवरण दर्ताका निम्ति सम्बन्धित व्यक्तिको बाहेक अरू कसैको नागरिकता आवश्यक नपर्ने जानकारी गराए। विवरण सङ्कलनका क्रममा केही समस्या परे आफ्नो व्यक्तिगत नम्बर ९८६२६७८९९ मा सम्पर्क गर्न तथा आफ्नो इमेल ठेगाना pande123@gmail.com मा मेल मार्फत आफ्ना गुनासा र सिकायत राख्न सकिने बताए ।