arrow

नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
lalbandi-nsu.jpg

सर्लाही । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाएर नागरिकलाई मार पार्ने काम गरिएको भन्दै नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघले बुधवार लालबन्दीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

यहाँको जनज्योति क्याम्पस अगाडि नेविसंघमा आबद्ध विद्यार्थीहरू जम्मा भएर सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रधानमन्त्री ओलीको पुत्ला बनाएर जलाएका हुन् ।

केन्द्रीय कार्यक्रम अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बैतडीमा काँग्रेस नेता एनपी साउद उपस्थित कार्यक्रममा नेकपाका कार्यकर्ताबाट भएको आक्रमणको विरोध जनाउँदै प्रधानमन्त्रीको पुत्ला जलाइएको नेविसंघका नेता युवराज देवकोटाले जानकारी दिए।

प्रत्येक पेट्रोलियम पदार्थको मूल्य गए रातिबाट लिटरमा दुई रुपैयाँ बढाइएको थियो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र हवाई इन्धनको ६७ रुपैयाँ कायम गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ