‘रोटरी जर्नो अवार्ड’ देशभरका १३ पत्रकारलाई हस्तान्तरण(हेरौं १५ तस्विर)
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
959
Shares
काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले प्रत्येक बर्ष प्रदान गर्दै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी बर्ष २०१९–२० का लागि १३ जना पत्रकारलाई एक भब्य समारोहबीच प्रदान गरेको छ ।
काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित भब्य समारोहमा शुक्रबार प्रत्येक प्रदेशका एक एक जना गरी ७ जना उत्कृष्ट र शिक्षा, स्वास्थ्य, आर्थिक, वातावरण तथा महिला बालबालिका लगायत ६ विधामा निरन्तर कलम चलाउने ६ पत्रकारलाई जनही २५ हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।
रोटरी इन्टरनेशनलका अध्यक्ष शेखर मेहता, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनलगायतले पुरस्कार राशी र सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
विधागत रुपमा आर्थिक विधाबाट ईकागज डटकमका पुष्पराज आचार्य, वातावरणबाट अन्नपूर्ण पोष्टका टिका बन्धन, शिक्षातर्फबाट न्यूज कारोबार डटकमका दिपेन्द्र प्रसाद सिंह, स्वास्थ्यतर्फ रेडियो सगरमाथाकी सम्झना महर्जन, नेपाल टेलिभिजनकी विनिता रिजाललाई अवार्ड प्रदान गरिएको हो ।
त्यस्तैगरी प्रदेश नम्बर १ बाट विनु तिमल्सिना, प्रदेश २ का श्याम बन्जरा, बाग्मती प्रदेशकी कमला हमाल, गण्डकीबाट दीपेन्द्र श्रेष्ठ, लुम्बिनीबाट लक्ष्मी आचार्य, कर्णालीबाट भीम बहादुर सिंह र सुदुरपश्चिमबाट उन्नति सिंहलाई अवार्ड प्रदान गरियो । त्यस्तैगरी रोटरी गतिविधि प्रवद्र्धन गरेवापत दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले अवार्ड हस्तान्तरण गरियो ।