arrow

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ फागुन ९ आइतबार
152348210_3415512921887195_.jpg

नेपालगञ्ज । नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । नेपालगञ्जको फुल्टक्राको बाटो हुँदै पुरैनीतर्फ जाँदै गरेको भे ९ प ७९९४ नम्बरको मोटरसाइकलले शनिबार साढे ४ बजे साइकलमा सवार ब्यक्तिलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ब्यक्तिको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । 

मृतक ब्यक्तिको पहिचान नखुलेको प्रहरीले बताएको छ। ठक्कर दिने मोटरसाइकल र चालक नेपालगञ्ज १९ बसुसेबपुरका तिलकराम बर्मालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ