arrow

पेप्सीकोलामा बसले ठक्कर दिँदा कृष्णबहादुरको मृत्यु, एक पुरुष मृत फेला

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
accident-1.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ स्थित पेप्सीकोलामा बसको ठक्करबाट सोमबार एकको मृत्यु भएको छ । बा ३ ख ९६६१ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँ बस्ने खोटाङको मझुवा गढी नगरपालिका १ का ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबिच काठमाडौँ महानगरपालिका-६ रामहिटीस्थित सडकमा एक पुरुष सोमबार मृत अवस्थामा फेला परेका र उनको पहिचान नभएको प्रहरीले जनाएको छ । दुवै घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ