arrow

दुई सुमो आपसमा ठोक्किँदा ११ घाइते

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
accident-final.jpeg

मकवानपुर । हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा मंगलबार बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौंँडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र  तिनको सामान्यावस्था छ । 

प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ