arrow

काँग्रेस-कम्युनिस्टको असफलताले विदेशी चलखेल निम्त्यायो : कमल थापा

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
kamal-thapa-rpp.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँग्रेस-कम्युनिस्टको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको बताएका छन्। आज काठमाडौँमा पार्टीको भातृ सङ्गठन युवा सङ्गठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रवादी आन्दोलनको आवश्यकतामा भएको बिचार व्यक्त गरे।

राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक नभएको स्पष्ट पारे। राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रको निमित्त कहिल्यै लड्नुपर्दैन भन्नेहरू नै आज प्रजातन्त्र सङ्कटमा पर्‍यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएको प्रति थापाको कडा कटाक्ष थियो।

युवाहरूको सुनिश्चित भविष्यको निमित्त नयाँ पुस्ता जुरमुराएर आन्दोलित हुनुपर्ने थापाको धारणा थियो। कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपति शमशेर राणाले मुलुकको सङ्कट समाधानका निमित्त राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य भएको बताए। बेरोजगारी ,भ्रष्टाचार र विकृतिको अन्त्यको निमित्त नयाँ पुस्ताले राप्रपालाई रोज्नुपर्नेमा राणाको जोड थियो।

उनले राष्ट्रियता बलियो बनाउन र प्रजातान्त्रिक मूल्य मान्यता जोगाउनको निमित्त युवा पुस्ताले खबरदारी गर्नुपर्ने बताए। कार्यक्रममा युवा सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल, राप्रपाका युवा नेता राजाराम बर्तौला, पार्टी काठमाडौँ अध्यक्ष नवराज सिम्खडा, युवा सङ्गठनका नेताहरू गुणराज राजभण्डारी, हिक्मतजङ्ग कार्की, रिद्धीप्रताप जङ्ग राणा लगायतले बोलेका थिए।

सो कार्यक्रममा दुई सय ५५ युवाहरू पार्टीमा प्रवेश गरेको सङ्गठनका उपाध्यक्ष कैलाश कटवालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ