arrow

१६ वर्ष पछि स्वस्थानी साङ्गेमा यसरी नापियो बाटो

logo
सचिन्द्र श्रेष्ठ,
प्रकाशित २०७७ फागुन १६ आइतबार
swasthani21.jpg

बागलुङ । २०७५ सालमा स्थापित नेवा: ल्यामह पुच बागलुङद्वारा आइतबार स्वस्थानी पुर्णिामा साङ्गेका अवसर पारेर पवित्र काली गण्डकी नदी देखी बजार सम्म बाटो नाप्ने कार्य सम्पन्न भयो।
   
करिब १६ वर्ष पछि यो कार्य गरिएको संस्थाका अध्यक्ष जय राजभण्डारीले बताए।'आफ्नो संस्कार लोप हुँदै गई रहेको र यसलाई जीवन्त राख्नका लागि पुन यो बाटो नाप्ने कार्यको थालनी गरिएको राजभण्डारीले बताए।'
 
तीन जनाले कलश घडा बोक्ने र अर्को एक जनाले सेतो च्यादर बाटोमा बिछाएकोमा सुतेर बाटो नाप्दै हिँड्ने जहाँ कोही शिवजी बनेर बाटो बाटोमा फल प्रसाद ग्रहण गर्ने  र कालीगण्डकिको चोखो जल छकर्दे भीमसेन मन्दिर मा समापन गर्ने कार्य सफल भएको नेवा:पुचका सदस्य दीप रत्न श्रेष्ठले बताए।
   
पहिले पहिले बर्षनी स्वस्थानीको अन्तिम दिन भइरहेको र युवाहरू विदेश जाने लहरले यो कार्य हटेकोले पुन नेवा: युवा साथीहरू मिलेर आफ्नो परम्परा, भाषा, रहनसहनलाई जोगाइ राख्न आइतबार कल विभिन्न चाड पर्व,नाच ,मेला संस्कृति लाई निरन्तरता दिन नेवा: ल्याम्ह पुच को गठन गरिएको संस्थाका सचिव निलेश राजभण्डारीले बताए।
   
  महादेवलाई खुसी पार्न र व्रत बसेका महिला दिदी बहिनीहरूले उक्त जल पिउने र आफू सँग भएको जल थप्दै बजार परिक्रमा गर्ने गरिएको र यो कार्य करिब २५० वर्ष पहिले काठमाडौँ बाट आएका नेवारहरूले बागलुङमा २००७ साल देखि बागलुङ बजारमा नेवा समुदायहरू मिलेर गर्ने गरेको बागलुङका अग्रज नेवाहरू बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ