arrow

पूर्वी नवलपरासीमा सवारी दुर्घटनाः दुई जनाको ज्यान गयो

logo
सन्जय भट्टराई, 
प्रकाशित २०७७ फागुन १८ मंगलबार
truck-accident1.jpg

कावासोती । पूर्वी नवलपरासीको देवचुली–२ दुम्कौली चोकमा रातको १२ बजेको समयमा दुई वटा ट्रक एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ ।

पूर्वबाट आएको ना ७ ख ७०२३ र पश्चिमबाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किएर दुवै ट्रकका चालक मकवानपुर घर भएका वर्ष ३४ का राजकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिमबहादुर बिकको ज्यान गएको ईलाका  प्रहरी कार्यालय रजहरले जनाएको छ ।

 प्रहरीका अनुसार दुर्घटनामा दुवै ट्रकका सहचालक बबई गाउँपालिका ६ दाङका २३ बर्षीय घनश्याम खड्का र बन्दीपुर गाउँपालिका ३ तनहुँका १८ वर्षीय विश्वास शाही गम्भीर घाइते रहेको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृतकहरुको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ