arrow

सुरुङ्गामा डरलाग्दो सडक दुर्घटना : दुईको मृत्यु, चारको अवस्था गम्भीर

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ फागुन १९ बुधबार
jhapa-accident.jpg

 झापा । झापाको कन्काई नगरपालिका सुरुङ्गामा भयानक सडक दुर्घटना भएको छ। दुर्घटनामा परि दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रदेश १-०४-००१च ०१६७ नम्बरको कार, प्रदेश १-०१३ प १७८३ नम्बरको मोटरसाइकल र ट्रक एक आपसमा जुधेर उक्त दुर्घटना भएको हो। दुर्घटनामा अरू चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा घाइते भएका अन्य चार जनाको अवस्था पनि चिन्ताजनक रहेको प्रहरी श्रोतले जनाएको छ।

बुधवार दिउँसो साढे ३ बजे को१ख  १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको प्र१-०१-००१ च०१६७ नम्बरको कार र प्र१-०१-०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कारमा सवार सुनसरी धरान - १६ का २८ वर्षीय चालक दीपक क्षेत्री र सोलु पासाङ - १ का ३० वर्षीय दिलिपराना मगरको मृत्यु भएको हो ।

कारमा सवार दिलीप राना मगरको श्रीमती ३० वर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० वर्षीय सुरेश मगर गम्भीर घाइते छन् ।

 मोटरसाइकलमा सवार झापा शिवसताक्षी २ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र उनकी श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएका छन् ।

घाइतेहरूको विएण्ड सी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक विराटनगर महानगरपालिका - १५ का प्रेम बहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ