arrow

गोठगाँउमा दुर्घटना, लक्ष्मीमार्गका दुई युवाको घटनास्थलमै मृत्यु

logo
विवेक मिश्र, 
प्रकाशित २०७७ फागुन २३ आइतबार
accident-1.jpg

मोरङ । मोरङको गोठगाँउमा भएको सडक दुर्घटनामा बेलबारी ११ लक्ष्मीमार्गका दुई युवाको घटनास्थलमै मृत्यु भएको  छ । आइतबार बिहान करिब १ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माईक्रो र पूर्वबाट पश्चिमतिर जाँदै गरेको प्र.२.०२००१प ३८७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

मोटरसाइकलमा सवार बेलबारी ११ लक्ष्मीमार्गका अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको र घाइते दुई जनाको विराट नर्सिङ होममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ