arrow

प्रेस युनियनले पौडेललाई दियो कोरोना बापतको एक लाख 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ फागुन २७ बिहिबार
158759090_1123786284804616_.jpg

झापा । नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति झापाले दमकका एक जना पत्रकारलाई कोरोना बिमा बापतको रकम प्रदान गरेको छ ।

युनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले दमकको प्राप्ति अटो र रोजियट अंग्रेजी बोर्डिङ स्कुलको सहकार्यमा कोरोना संक्रमित भएका पत्रकार विष्णु पौडेललाई विमा वापतको रु १ लाख रकम प्रदान गरेको  हो ।

ती व्यवसायिक प्रतिष्ठानको सहकार्य तथा दमककै सगरमाथा ईन्स्योरन्स कम्पनी मार्फत जिल्लाका माइपश्चिम क्षेत्रमा कृयाशील ३२ जना पत्रकारको संयुक्त रुपमा कोरोना विमा गरिएको युनियनका अध्यक्ष विष्णु सुब्बाले वताए । बिमित पत्रकार मध्ये  दुई जना कोरोनाबाट संक्रमित भएका थिए ।

युनियनले बुधबार दमकस्थित रोजियट बोर्डिङमा एक औपचारिक कार्यक्रम गरी पत्रकार पौडेललाई दाबी बापतको  बिमा रकम हस्तान्तरण गरिएको हो । 

पौडेललाई बिमा रकम बापतको चेक प्राप्ती अटोका सञ्चालक प्रकाश प्रसाई, बोर्डिङका निर्देशक सुर्य कटुवाल, इन्स्योरेन्सका दमक शाखा प्रवन्धक देवराज दंगाल,कर्मचारी जेनिश पराजुली, प्रेस संगठन झापाका संयोजक टिकाराम उप्रेतीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सो अवसरमा इन्स्योरेन्सका प्रबन्धक दंगालका अनुसार उक्त इन्स्योरेन्स कम्पन्नी मार्फत कोरोना बिमा  गरिएका ६३ वटा बिमामध्ये २१ जनाले नियमानुसार पाउने रकम प्रदान गरिएको र अन्यको आउने प्रकृयामा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ