arrow

दैलेखको टुइकुनामा माइक्रो बस दुर्घटना, एकको निधन

logo
प्रकाशित २०७७ फागुन २७ बिहिबार
Accident-micro-dailekh.jpg

दुल्लु। कर्णाली राजमार्गअन्तर्गत टुइकुनामा आज बिहान माइक्रो बस  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेको प्रहरी चौकी पाल्तडाले जनाएको छ । 

चौकीका अनुसार गम्भीर घाइते सात जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको तथा तीन जनाको स्थानीय रामघाटमा मेडिकलमा उपचार भइरहेको छ । राजमार्गको दैलेख सडक खण्डको आठबीस नगरपालिका–१ टुइकुनामा कालिकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ख२४७ नंको  माइक्रो बस दुर्घटना भएको हो । 

घाइते १० मध्ये गम्भीर अवस्थाका सात जनालाई  एम्बुलेन्समार्फत सुर्खेत पठाइएको स्थानीयवासी नैनबहादुर शाहीले टेलिफोनबाट जानकारी दिए । उनले भने, “म उद्धारमा छु,  बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १५ यात्रु सवार थिए ।  उद्धार जारी छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ