arrow

मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा इन्द्रको मृत्यु

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
158500584_815182415876930_6.jpg

झापा ।  झापाको दमकमा  मोटरसाईकलको ठक्करबाट दमकका व्यवसायी इन्द्र भुजेलको मृत्यु भएको छ । दमक ५ स्थित बुद्धचोक नजिक पूर्व पश्चिम सडकखण्डमा बिहीबार राति मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटरमा सवार दमक ८ का ५० वर्षीय भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मृतक भुजेल दमक ८ मा रहेको इन्द्र साउण्ड एण्ड टेन्ट हाउसका सञ्चालक थिए । इप्रका दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार दमक ५ स्थित सडकखण्डमा राति ९ः१५ बजे पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको प्र–१–०१–०१३ प ८७६६ को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ६२१९ को स्कुटर एकापसमा जुधेको थियो । 

दुर्घटनामा सख्त घाइते स्कुटर चालक भुजेललाई दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक दमक ९ का अन्दाजी २६ वर्षीय सन्जोक सुन्दासको दमकस्थित निम्स अस्पतालमा उपचार हुन नसकेपछि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगेर उपचार भैरहेको छ ।  

घाइते सुन्दासको अवस्थासमेत चिन्ताजनक रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ