arrow

मेस्सीको दुई गोलमा बार्सिलोना पुग्यो दोस्रो स्थानमा

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
messi70.jpg

काठमाडौं । स्पेनिश फुटबल ला लिगामा उपाधिको दावेदार क्लब बार्सिलोना दोस्रो स्थानमा पुगेको छ । सोमबार राति भएको खेलमा पुछारको हुएस्कालाई ४–१ गोल अन्तरले हराउँदै बार्सिलोना दोस्रो स्थानमा पुगेको छ । 

घरेलु नोट क्याम्पको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । बार्सिलोनाको जितमा एन्टोनियो ग्रिजम्यान र ओस्कार मिन्गुएजाले एक एक गोल गरे । हुएस्काका राफा मिरले एक गोल फर्काए ।

मेस्सीले खेलको १३ औं र ९० औं मिनेटमा गोल गरेका थिए । मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७ खेल खेलिसकेका छन् । 

उनले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरीसमेत गरेका छन् ।

अंक तालिका
पुछारको हुएस्कालाई हराएसँगै बार्सिलोना दोस्रो स्थानमा पुगेको छ । बार्सिलोनाले २७ खेलमा ५९ अंक जोडेको छ ।

शीर्ष स्थानको एथलेटिको मड्रिडको २७ खेलबाटै ६३ अंक छ । २७ खेलबाट ५७ अंकसहित डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड तेस्रो स्थानमा रहेको छ । 

एक खेल कम खेलको सेभियाको २६ खेलबाट ५१ अंक छ । लिगमा २७ खेलबाट २० अंकको हुएस्का पुछारमा हुँदा आइबर २२ अंकबाट १९ औं र डेपोर्टिभो अलाभेस २३ अंकसहित १८ औं स्थानमा रहेर रेलिगेशन क्षेत्रमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ