arrow

श्रीमतीको हत्या गरी बोरामा पोको पारेर भाग्ने सन्तोष समातिए

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
pakrau9.jpg

काठमाडौँ । काठमाडौँको बल्खुस्थित सुकुम्वासी बस्तीमा श्रीमतीको हत्या गरी बोरामा पोको पारेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार मृतक सन्तोषी श्रेष्ठ सापकोटाका श्रीमान् सन्तोष सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले गत सोमबार शव बोरामा पोको पारी फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । तर हत्याको आशङ्का गरिएका मृतककी श्रीमानलाई भने प्रहरीले भेटेको थिएन । उनलाई प्रहरीले मङ्गलवार साँझ कुलेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

एसएसपी सिंहका अनुसार श्रीमान् श्रीमतीबीच पटक पटक घरायसी झगडा हुने गरेको र पछिल्लो समय उनीहरू अलगअलग बस्ने गरेको खुलेको जानकारी दिएका थिए ।  प्रहरी अनुसन्धानका क्रममा सन्तोषीको टाउकोमा हम्मरले हानेर हत्या गरिएको खुलेको थियो । सन्तोषले श्रीमतीको हत्या हम्मरले हानेर गरेको बयान प्रहरीलाई दिइसकेका छन् ।

सापकोटा यसअघि लागु औषध मुद्दामा कारागार चलान भई कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । छुटेपछि पनि उनले लागु औषध भने छाडेका थिएनन् ।

बयानका क्रममा उनले पछिल्लो समय डिभोर्सको कुरा हुन थालेको र त्यसपछि आफूले सहन नसकेर हत्या गरेको प्रहरीसमक्ष भनेका छन् ।

पछिल्लो समय सन्तोषी भने बौद्धस्थित माइतीमा बस्ने गरेकी थिइन् । उनले घर व्यवहार चलाउन भन्दै सानेपाको एक सहकारीबाट ३० हजार ऋणसमेत लिएकी थिइन् । सो ऋणको व्याज तिर्न भन्दै उनी सोमबार माइतीघरबाट बल्खुस्थित श्रीमानको घर गएकी थिइन् ।

अभियुक्त श्रीमतीले लगाएका गरगहना तथा नगद पैसा भने लिएर भागेका थिए ।  घटनापछि उनी नगद रु २३ हजार, श्रीमतीले लगाएका सुनका मुन्द्रा, बाला, सिक्री र श्रीमतीको आइफोनसमेत लिएर फरार भएका थिए ।  प्रहरीले सन्तोषको साथबाट ११ हजार नगद, मोबाइल लगायतका सामग्रीसमेत बरामद गरेको छ ।

उनीमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ