arrow

कास्कीको नयाँ पुलमा दुर्घटना, १८ वर्षका विश्वको मृत्यु

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
accident-1.jpg

पोखरा । कास्कीको नयाँ पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ५ नयाँपुल स्थित पोखरा बागलुङ सडक खण्डमा दुर्घटना भएको हो ।

 मङ्गलवार पर्वतबाट कास्कीको काँडेतर्फ आउँदै गरेको ग१ज ६९५० नम्बरको जिप र विपरीत दिशातर्फ जाँदै गरेको ध२प १११९ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
 
दुर्घटनामा कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का १७ वर्षका विश्व नेपालीको मृत्यु भएको हो । वरिष्ठ प्रहरी नायव उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक नेपाली मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकल चालक तनहुँका १८ वर्षका महमद समिनको उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ