arrow

बर्दियामा बेहोस गरेर समातियो अर्को बाघ

logo
हरि गुरुङ,
प्रकाशित २०७७ चैत ५ बिहिबार
tigers.jpg.jpeg

काठमाडौँ । बर्दियाको जैविक मार्गमा दोस्रो बाघ समातिएको छ । नेपाल प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले बाघलाई जैविक मार्ग क्षेत्र पर्ने गैरी सामुदायिक वन उपभोक्ता समूहबाट डार्ट (बेहोस) गरी नियन्त्रणमा लिएको हो।
 
बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग क्षेत्रमा मानिस मार्ने बाघलाई प्राविधिकले बेहोस गरेर बिहीबार नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन अधिकृत महेन्द्र राज वाग्लेले जानकारी दिए।

मङ्गलवार दिउँसो एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज भित्र न्युरो खोज्न जाने क्रममा आक्रमण गरी मृत्यु भएको थियो।

लगत्तै निकुञ्ज प्राविधिक टोलीले अनुगमन गरिरहेको थियो ।  बुधवार मात्रै निकुञ्जको प्राविधिक टोलीले निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट डार्ट (बेहोस) गरी एक बाघलाई नियन्त्रणमा लिएको थियो ।

त्यसै गरी खाता जैविक मार्ग क्षेत्रमा बुधवारदेखि प्राविधिक टोलीले अनुगमन गरिरहेको थियो। सोही क्रममा बिहीबार बाघलाई नियन्त्रणमा लिइएको हो ।

सो क्षेत्रमा यस वर्षमा मात्रै १० जनाले ज्यान गुमाइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ