- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौरादह । झापाको दमकस्थित चियाबगानमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । शनिबार साँझ ५ बजे भएको सो दुर्घटनामा परी रतुवामाई नगरपालिका ८ इटहरा बस्ने वर्ष २४ का अनिस कोसराला र सोही ठाउँका २३ वर्षका निरन बस्नेतको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम आउँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार कोइराला र बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले जानकारी दिएका छ्न् ।
सोही मोटरसाइकलमा सवार रतुवामाइ ९ का १८ वर्षिय हर्षीत बास्तोला गम्भीर घाइते भएका छन् । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै पूर्वबाट पश्चिम जाँदै गरेको अर्को को२८प ११३३ नम्बरको मोटरसाइकलसमेत ठोक्किँदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घाइते भएका छन् । उनीहरुको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।