arrow

२०२१ को सबैभन्दा ठुलो क्षुद्र ग्रह आइतवार पृथ्वीमा नजिक आउँदै

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
earth-hurrican.jpg

काठमाडौं । सन् २०२१ मा पृथ्वी नजिक आउने सबैभन्दा ठुलो क्षुद्र ग्रहले आइतबार (आज) पृथ्वीको नजिक हुँदै आफ्नो यात्रा गर्ने भएको छ । यद्यपि, यो क्षुद्र ग्रहले पृथ्वीलाई कुनै खतरा सिर्जना नगर्ने वैज्ञानिकहरूले बताएका छन् ।

२००१ एफओ ३२ नाम दिइएको यो क्षुद्र ग्रह पृथ्वीबाट झण्डै २० लाख किलोमिटर टाढा हुँदै यात्रा गर्नेछ । यो दुरी चन्द्रमा र पृथ्वीबीचको दुरीभन्दा झण्डै ६ गुणा बढी हो ।

खगोलविद्हरूले उचित उपकरणको प्रयोगबाट मात्रै यसलाई देख्न सक्नेछन् । सयौं मिटर व्यास भएको यो क्षुद्र ग्रह सन् २०२१ मा पृथ्वी नजिक आउनेमध्येको सबैभन्दा ठुलो हुनेछ । यो क्षुद्र ग्रह २० वर्षअघि फेला परेको थियो ।

प्रत्येक ८ सय १० दिनमा सूर्यको परिक्रमा गर्ने यो क्षुद्र ग्रह दोस्रो पटक सन् २०५२ मा मात्रै पृथ्वी नजिक आउने छ । ६ करोड ६० लाख वर्षअघि पेरिसको दोब्बर व्यास भएको क्षुद्र ग्रह पृथ्वीमा ठोक्किएको थियो , जसले पृथ्वीको ७५ प्रतिशत जीवन समाप्त गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ