arrow

आफ्नै सामाजिक सञ्जाल ल्याउँदै ट्रम्प, तीन महिना भित्र प्रयोगमा

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
trump-mask.jpg

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्लेटफर्म सहित सामाजिक सञ्जालमा आउने भएका छन् ।फक्स न्युजसँग बोल्दै उनका सल्लाहकार जेसन मिलरले दुई या तीन महिनामा पूर्व राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जाल लाइभ आउने बताएका छन् ।

ट्रम्पले ल्याउने सामाजिक सञ्जाल विशेष र नयाँ किसिमको हुने बताएका छन् । गत जनवरी अमेरिकी संसद् भवनमा दङ्गा भएपछि पूर्व राष्ट्रपति ट्रम्पलाई दुई ठुला सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट प्रतिबन्ध गरिएको थियो । ट्रम्प झन्डै १० वर्षभन्दा लामो समयदेखि ट्विटरमा सक्रिय थिए ।

ट्रम्पले कस्तो सामाजिक सञ्जाल ल्याइरहेका छन् भनेर सबै उत्सुकतामा र पर्खाइमा रहेको उनका सल्लाहकार मिलरले बताएका छन् । प्लेटफर्म डेभलपमेन्टका लागि ट्रम्पले ठुलठुला कम्पनीहरूसँग पटक पटक वार्ता गरिसकेको उनले बताएका छन् ।

पूर्व राष्ट्रपति ट्रम्पका सल्लाहकार जेसन मिलरका अनुसार अबको करिब तीन महिनासम्ममा ट्रम्पको सामाजिक सञ्जाल आउनेछ । धेरै मानिसहरूका लागि यो उत्सुकताको विषय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ