arrow

शिक्षक पक्राउ परेपछि पठनपाठन ठप्प 

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
Bhanu-school-hetauda.jpg

हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित मक्रान्चुलीमा रहेको भानु माविमा अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ । विद्यालय प्रशासनले बिहीबार (आज) एक सूचना प्रकाशित गर्दै पठनपाठन बन्द हुने जानकारी गराएको हो ।

विद्यालयले जारी गरेको सूचना अनुसार छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परे सँगै यसै घटनासँग सम्बन्धित तथा असम्बन्धित पक्षहरू विद्यालयमा उपस्थिति भई दैनिक पठनपाठनमा बाधा व्यवधान पैदा भएकोले अनिश्चितकालीन पठनपाठन बन्द गर्नुपरेको जनाइएको छ ।

विद्यालयमा अध्ययनरत छात्रा माथि गत फागुन २९ गते शैक्षिक भ्रमण जाने क्रममा शिक्षक किरण पाण्डेले दुर्व्यवहार गरेको पीडित परिवारले जनाएको छ । शिक्षकले दुर्व्यवहार गरेको भन्दै छात्राले उजुरी गरेपछि शिक्षक पाण्डेलाई अनुसन्धानका लागि प्रहरीले बुधवार नियन्त्रणमा लिएको थियो ।

यता विद्यार्थी एवं अभिभावक पछिल्लो घटनाक्रमका कारण विद्यालयको शैक्षिक क्रियाकलापमा असर परेको भन्दै चिन्तित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ