arrow

खाडीबाट उद्योग वाणिज्य सङ्घका अध्यक्षलाई खुला पत्र !

logo
प्रकाशित २०७७ चैत १३ शुक्रबार
gopi-adhikari.JPG

 गोपी अधिकारी सर सर्वप्रथम बधाई तथा शुभकामना !

पर्वत जिल्लाले अहिले सम्म कैयौँ अध्यक्ष र सदस्यहरूको कार्यसमिति चयन गर्दै आएको सबैलाई विदित नै छ। तर पनि किन हो किन यहाँका व्यापारी ,लगानीकर्ताहरूलाई ठोस फाइदा उल्लेख्य रूपमा भएको देखिँदैन।केही ठुला व्यापारी र व्यवसायमा मात्र सीमित देखिन आएको छ, अब हजुरका लागी यो अवसर र चुनौती दुवै छ यो नहोस् भित्तामा चिपकाउने नामका तस्बिर ,पद ,प्रतिष्ठा मात्र ! आगामी आफ्नो कार्यकाल केही भाषण ,भ्रमण र उद्घाटन जस्ता विषयलाई मूल नबनाएर आफ्नो कार्यलाई कामलाई विशेष महत्त्व दिनु होला।
 
हामी विदेशमा बस्नेलाई आफ्नो ठाउँमा सुरक्षित लगानी गर्ने वातावरण कसरी गर्न सकिन्छ त्यो बारेमा या स्वदेशमा नै रहेका नयाँ गर्न चाहने व्यापारीलाई कसरी व्यापार व्यवसाय गराउन सकिन्छ त्यो तर्फ विशेष जोड दिनु होला।   लगानी मैत्री योजनाहरू ,उद्योग कलकारखाना स्थापना ,पर्यटन हब, कृषि,शिक्षा ,सडक ,स्वास्थ्यका अति आवश्यक कार्यलाई कसरी गर्न सकिन्छ त्यो हजुरको कार्यकालमा हुन सके अझ उत्तम हुन सक्ने देखिन्छ।

 अबको हजुरको कार्यकालमा व्यापार, व्यवसाय र उद्योगलाई बढवा दिने खालका नीति निर्माण गर्ने ,कार्य योजना तयार पार्ने आवश्यक देखिन्छ।उत्तरी भेगमा रहेका जल, जङ्गल र जडिबुडी सदुपयोग गरेर,पर्यटन सँग सम्बन्धित थुप्रै लाभ लिन सकिने सम्भावना हुँदा हुँदै पनि कुनै सरोकार निकाय मौन रहेको छ यसमा अबको हजुरको पालामा यसले नयाँ सुरुवात गर्नेमा योगदान गर्नु होला। अव हजुरले पहिचान गरेर यसलाई थप वृद्धि,संवृद्धि तर्फ पहल गर्न स्थानीय निकाय,प्रदेश सरकार सँग पहल गर्नु होला र राज्यले पनि साथ दिने प्रतिबद्ध प्रकट गराउनु होला ।

 आगामी दिनहरूमा पलायन व्यापारी,पलायन भएका युवा,कोरोनाले घटाएका व्यापार व्यापारी, दैवी प्रकोपबाट क्षति भएका उद्योग व्यापारीहरूलाई पुनर्स्थापना गर्ने तर्फ पनि ध्यान दिनु होला।
 
व्यवसायलाई सुरक्षित गर्न बिमा कम्पनीसँग सहकार्य गरेर निर्जीवन बिमा सञ्चालन गर्ने, उत्कृष्ट व्यापारीहरूलाई सम्मान गर्ने ,स्वदेशी उत्पादनहरूको प्रबधंन गर्ने , मेला महोत्सव सञ्चालन नाच गान मनोरञ्जन भन्दा पनि स्वदेशी उत्पादन,जात जातिका खाना ,भेषभुषा, संस्कृति झल्कने झाँकी,जातजाति रीतिरिवाज साहित्य ,खेलकुदका मैदान ज्ञान, इतिहास, ऐतिहासिक संग्राहलय बनाउनलाई प्राथमिकता दिने खालको योजना गर्नु होला।
 
सङ्घले विविध योजनाहरू अघि सारे पनि व्यवसायीहरूले खुला रूपमा व्यवसाय प्रवर्द्धन गर्नमा चुनौती रहेको , व्यवसायीहरूमा अस्वस्थ प्रतिस्पर्धा, सरोकारवाला निकायसँग प्रत्यक्ष पहुँच नहुनु, सम्भावना भए पनि उद्योग कलकारखाना सञ्चालन हुन नसक्नु र उद्योगका लागि कच्चा पदार्थ तथा दक्ष जनशक्तिको अभाव रहनु पनि हो ।
 
 व्यवसायी सिप मूलक शिक्षक अभाव, बैङ्किङ,सेयर मार्केट राज्यको अस्पष्ट नीति र ज्ञानको अभावले व्यवसायी दोहरो कर तथा जरविनामा पर्ने समस्या विद्यमान छ।
 
अझ अति आवश्यक रहेको धौलागिरीमानै भरपर्दो सरल र सुलभ अस्पतालको पहुँच नहुँदा मानिसको मृत्यु हुने,दुर्घटना, आगलागी ,बाढी बाट क्षत विक्षतका घटना घट्दा समयमै उपचार नभएर अनायकै ज्यान गुमाउनु पर्ने हुँदा दक्ष चिकित्सक,अस्पतालको खाँचो रहेको हुँदा यसलाई छिटो र भरपर्दो गर्न के गर्न सकिन्छ र कुन स्थानमा गर्दा सबैलाई सहज हुन्छ त्यसलाई विशेष पहल गर्न सरोकारवाला निकायलाई घचघच उन,स्वदेश तथा विदेशमा रहेका सङ्घ संस्था सँग समन्वय गरी कार्य गरी आफैलाई अब्बल र कार्यसमितिलाई डोराउने र पुण्य कमाउने अवसर साथै आशीर्वाद मिल्ने खालको काम र आफ्ना कोही पनि परिवार अनाहक ज्यान गुमाउन नपर्ने वातावरण पार्न ठोस कदम चाल्नु होला।
 उही हजुरको शुभचिन्तक
  सचिन्द्र श्रेष्ठ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ