arrow

बिपी विचार समाजको अध्यक्षमा खड्का

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ चैत १४ शनिबार
bp-bichar-syangja.jpg

स्याङ्जा। नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वर कोइरालाको नाम बाट गठित बिपी विचार समाज स्याङ्जाको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कमलबहादुर खड्कालाई अध्यक्षमा चयन गरेको छ। नेपाली काँग्रेस स्याङ्जाका नेता भोजराज अर्याल अध्यक्ष रहेर स्थापना गरिएको समाजको उपाध्यक्षमा रहेका खड्कालाई अध्यक्षमा चयन गरेको हो। समाजको उपाध्यक्षमा गोपाल प्रसाद ढकाल, सचिवमा खगेन्द्र प्रसाद अर्याल, सह—सचिवमा केशर बहादुर खाँण(ध्रुव) र कोषाध्यक्षमा देवी अर्याल चयन भएका छन्।

त्यसै गरी सदस्यहरूमा हरिहर पाण्डे, शालिग्राम न्यौपाने, गीतानाथ खनाल, सिता गैह्र, शान्ता थापा रहेका छन्। अन्य सदस्यहरू जिल्ला कार्य समितिले थप गर्ने गरी अधिवेशन सम्पन्न भएको समाजका पूर्व अध्यक्ष भोजराज अर्यालले बताए। अधिवेशनले चैत्र २१ र २२ गते हुने राष्ट्रिय भेलाका लागि ४ सदस्य केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ।

कमलबहादुर खड्का, गोपाल ढकाल, देवीप्रसाद अर्याल र देवी अर्याललाई केन्द्रीय प्रतिनिधिमा चयन भएको समाजका सचिव खगेन्द्र अर्यालले जानकारी दिए। अधिवेशनको भेलालाई सम्बोधन गर्दै पूर्व अध्यक्ष भोजराज अर्यालले बिपीको सिद्धान्त र प्रजातान्त्रिक विचारलाई गाउँ गाउँमा पुर्‍याउने उद्देश्यले यो समाजको गठन भएको बताए । काँग्रेसले बिपीको विचारलाई अँगाल्न नसक्दा पछिल्लो समय पार्टी कमजोर बन्दै गुट—उपगुटमा जेलिएको आरोप अर्यालको थियो।

अधिवेशन भेलाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नवीन्द्र राज जोशीको निधन भएकोमा शोक प्रस्ताव सहित मौन धारण गरिएको थियो। काँग्रेसले एक कुशल सङ्गठनकर्ता, त्यागी र निष्ठावान् नेता गुमाएको भन्दै समाजले काँग्रेसलाई जोशीको निधनले ठुलो क्षति भएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ