arrow

क्रिकेटका भगवान सचिन तेन्दुलकरलाई कोरोना 

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
sachin-tendulkar.jpg

काठमाडौं । भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले शनिबार सामाजिक संजालमार्फत कोरोनाको परीक्षण पोजेटिभ आएको बताएका छन् । उनले उनी बाहेक परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् । 

उनले आफूले कोरोनाबाट बच्नका लागि निकै सजगता अपनाएको भए पनि हल्का लक्षणपछि गराएको परीक्षणमा पोजेटिभ पाइएको बताएका छन् । 

सचिनले आफू होम क्वारेन्टिनमा बसेको पनि बताएका छन् । 

उनले चिकित्सकको निर्देशनको पालना गरिरहेको पनि बताएका छन् । 

सचिनले ७ देखि २१ मार्चको बीचमा रायपुरमा भएको रोड सेफ्टी सिरिजमा सहभागीता जनाएका थिए । उनले प्रतियोगितामा इन्डिया लिजेन्ड्सका लागि कप्तानीसमेत गरेका थिए । 

लिजेडन्ड्सले उपाधिसमेत जितेको थियो । सिरिजमा सचिनले ७ खेलमा ३८.८३ को औसतले २३३ रन बनाएका थिए । उक्त प्रतियोगितामा युवराज सिंह, वीरेन्द्र सहवाग, ब्रायन लारा, केभिन पिटरसन, सनथ जयसूर्या, तिलकरत्ने दिलशान तथा जोन्टी रोड्स जस्ता खेलाडी पनि सहभागी थिए । 

खेलअघि सबै खेलाडीको कोरोना परीक्षण गराइएको थियो । उक्त परीक्षणमा सचिन नेगेटिभ पाइएका थिए । 

क्रिकेटका भगवानका रुपमा समेत चिनिने सचिनले भारतका लागि ४६३ एक दिवसीय खेलेका छन् । उनले ४४.०३ को औसतमा १८ हजार ४२६ रन बनाएका छन् । 

२०० टेष्टमा ५३.७९ को औसतले १५ हजार ९२१ रन बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ