arrow

पाटेबाघको आक्रमणबाट तुलाराम घाइते 

logo
हरि गुरुङ्ग, 
प्रकाशित २०७७ चैत १६ सोमबार
tiger-attack-tularam.jpg

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका वार्ड नं १ जनकनगर बस्ने २३ वर्षीय तुलाराम थारुलाई पाटेबाघले आक्रमण गरी घाइते बनाएको छ ।

सोमबार बिहान करिब ५ः३० बजेको समयमा खेतमा पानी चार्न गएको बेला बाघले आक्रमण गरेको हो । घाइते थारुको टाउको, घाँटी र पिठ्युँमा चोट लागेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए । 

घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ भने यस क्षेत्रमा पाटेबाघले दिनहुँ जस्तो चौपाया बस्तुभाउ मार्ने गरेको छ । बर्दियामा  पाटेबाघको आक्रमणमा परी १० जनाले ज्यान गुमाइसकेका छन् । 

खाता जैविक मार्ग र राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा सतर्क र सजक रहन डिभिजन वन कार्यालय बर्दिया र बर्दिया राष्ट्रिय निकुञ्जले अनुरोध गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ