arrow

चार क्रिकेटर कोरोना संक्रमित

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
road-safety-cricket.jpg

काठमाडौं । हालै रोड सेफ्टी वल्र्ड सिरिज क्रिकेट खेलेका चार क्रिकेटर कोरोना संक्रमित पाइएका छन् । चारैजना खेलाडीहरु भारतीय हुन् । 

पछिल्लो पटक इरफान पठान पोजेटिभ पाइएका हुन् । यसअघि लिटिल मास्टर सचिन तेन्दुलकर, युसुफ पठान र सुब्रमण्यम बद्रीनाथ संक्रमित पाइएका थिए । 

इरफानले हालै भारत र इङ्गल्याण्डबीचको एक दिवसीय सिरिजमा पार्थिव पटेल र आकाश चोपडासँग मिलेर कमेन्ट्री पनि गरेका थिए । 

इरफानले सामाजिक संजालमा आफूलाई लक्षण देखिएपछि परीक्षण गराउँदा पोजेटिभ पाइएको बताउँदै आफू होम क्वारेन्टिनमा बसेको भन्दै सम्पर्कमा आएका सबैलाई परीक्षणका लागि आग्रहसमेत गरेका छन् । 

भारतको छत्तीसगढस्थित रायपुरमा भएको उक्त सिरिजमा इन्डिया लिजेन्ड्सले उपाधि जितेको थियो । उक्त प्रतियोगितामा ७ देशका ९३ खेलाडीले भाग लिएका थिए ।  

यो एक निजी प्रतियोगिता थियो । जसलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डको मन्जुरी नभएकाले प्रतियोगितामाथि प्रश्न खडा भएको छ । 

यो प्रतियोगितामा सबै संन्यास लिएका खेलाडीहरुमात्र रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ