arrow

क्रिकेटका तीन नियम परिवर्तन

logo
प्रकाशित २०७७ चैत २१ शनिबार
icc1.jpg

काठमाडौं । क्रिकेटका तीन नियम परिवर्तन भएका छन् । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को क्रिकेट कमिटीले तीन नियममा परिवर्तन गरेको हो ।

पहिलो परिवर्तनः आईसीसीले विकेट जोनको उचाई बढाएर स्टम्पभन्दा माथिसम्म पुर्याएको छ । यसमा एलबीडब्लुका बेला अम्पायर्स कल गर्दा विकेटको उचाई र चौडाई समान रहने छ ।

दोस्रो परिवर्तनः अम्पायर्सले रिभ्यू लिनुभन्दा पहिले खेलाडीले अम्पायरसँग कुरा गर्न पाउने छन् । खेलाडीले अम्पायरसँग ब्याट्सम्यानको बल खेल्ने प्रयास सही छ कि छैन भनी सोध्न पाउने छन् ।

तेस्रो परिवर्तनः आईसीसीले थर्ड अम्पायरलाई अझ बढी शक्तिशाली बनाएको छ । थर्ड अम्पायरले खेलको कुनै पनि सटलाई जाँच गर्दै आफ्नो निर्णय लिन सक्ने छन् ।

मैदानमा रहेका अम्पायरको निर्णय सबैभन्दा माथि रहने छ । कुनै ठूलो गल्ती भए त्यसलाई डीआरएसको प्रयोगबाट सच्चाउन सक्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ