- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ग्यास सिलिन्डरभित्र लागुऔषध राखेर ल्याउने दुई जना पक्राउ परेका छन् । गत शुक्रबार साँझ ५ः३० बजे काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं. ५ फर्पिङ्ग चेक पोष्टमा ईप्रका फर्पिङवा खटिएको चेकिङग डियूटीले काठमाडौं जिल्ला भित्रिने सवारी साधनहरुमा चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको हो ।
वीरगंजवाट काठमाडौं आउँदै गरेको वा ३७ प ७१३७ मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल पछाडि बस्नेले बोकेको जेव्रा झोलाभित्र ग्यासको सिलिण्डर राखी ल्याएकोमा शंका लागी सिलिण्डर हेर्दा सिलिण्डरको मुनि भाग काटी लागुऔषध राखिएको पाइएको हो ।
उक्त सिलिण्डर भित्र प्रतिवन्धित लागुऔषध फनारगन, डाईजपाम र निर्फिन लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले रितपूर्वक वरामद गरी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वृत्त कीर्तिपुर पठाईएको र उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
वरामद भएको लागू औषधमा डाईजेपाम ५७७ एम्पल, फेनारगन ५७१ एम्पल, नुफिन ५६८ एम्पल रहेको छ ।