arrow

पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
shree-krishna-sigdel.jpg

स्याङ्जा । नेपाल पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा श्रीकृष्ण सिग्देल निर्विरोध निर्वाचित भएका छन् । प्रेस युनियन र प्रेस सङ्गठनका गठबन्धनको तर्फका साझा उम्मेदवार रहेका सिग्देल अध्यक्षमा निर्वाचित भएका हुन् । सिग्देल नेपाल प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष समेत हुन् ।

यसै गरी उपाध्यक्षमा राधाकृष्ण डुम्रे, महिला उपाध्यक्षमा भवानी अधिकार, सचिवमा प्रतीक्षा काफ्ले, सह सचिवमा तोलाकान्त बगाले र भूपराज बस्याल, कोषाध्यक्षमा रमेश (एकबहादुर) गोदार निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै महासङ्घको सदस्यहरूमा अमृत अर्याल, खगेन्द्र भण्डारी, जोराज पाठक, रामप्रसाद लामिछाने, रामु भट्टराई र सालिकराम पोख्रेल,साधना न्यौपाने,थुम बहादुर विनोद रखाली, नारायण विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै राष्ट्रिय परिषद् सदस्यमा ओम प्रकाश शर्मा र रोशन लामिछाने यसै गरी प्रदेश परिषद् सदस्यमा चुत्र बहादुर महत,प्रेम नारायण रेग्मी र हिमलाल न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली काँग्रेस निकट प्रेस युनियन,माओवादी केन्द्र निकट प्रेस सङ्गठन, नेकपा एमालेको नेपाल खनाल निकटको प्रेस चौतारी लगायतले केन्द्रमा गरेको गठबन्धनका आधारमा जिल्लामा पनि गठबन्धन भएको प्रेस युनियनका अध्यक्ष प्रदीप कोइरालाले जानकारी दिए ।

कांग्रेस निकट युनियनबाट पदाधिकारीहरूमा अध्यक्ष, दुई उपाध्यक्ष र दुई सहसचिवमा क्रमशः सिग्देल, डुम्रे,अधिकारी,बगाले र बस्याललाई पठाएको कोइरालाले बताए।

यस्तै माओवादी निकट प्रेस सङ्गठनले पदाधिकारीको लागि सचिवमा प्रतीक्षा काफ्ले र कोषाध्यक्षमा रमेश गोदारलाई पठाएको सङ्गठनका गण्डकी प्रदेश संयोजक अर्जुन काफ्लेले बताए । काफ्ले कान्तिपुरमा र गोदार रेडियो स्याङ्जामा कार्यरत रहेका छन् ।

जिल्लामा क्रियाशील सबै सङ्गठन बिच सहकार्य गर्ने प्रयास भएको भए पनि विभिन्न कारण त्यसो हुन नसकेको युनियनका अध्यक्ष कोइरालाको भनाई छ ।  निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै सबै पदमा निर्विरोध रूपमा निर्वाचित भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ