arrow

बार्सिलोनाबाट खोस्यो रियाल मड्रिडले तीन अंक  

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
leonel-messi_1618110043.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाबाट ३ अंक खोस्दै रियाल शीर्ष स्थानमा पुग्न सफल भएको हो । 

खेलमा रियाल घरेलु मैदानमा २–१ गोल अन्तरले विजयी भयो । १० खेलाडीमा समेटिएको रियाललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।

बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काएका थिए । खेलमा बार्सिलोना कप्तान लियोनल मेस्सी असफल सावित भए । 

अन्य खेलको नतिजा
शनिबार रातिका अन्य खेलमा गेटाफे घरेलु मैदानमा काडिजसँग १–० गोल अन्तरले पराजित भयो । 

एथलेटिक बिलबाओ घरेलु मैदानमा डेपोर्टिभो अलाभेसलसँग गोलरहित बराबरीमा रोकियो । 

आइबारले घरेलु मैदानमै लेभान्तेसँग १–० गोल अन्तरको हार बेहोर्यो । 

अंक तालिका 
जितसँगै रियाल मड्रिडले ३० खेलमा ६६ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएको छ । 

रियालले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । एक खेल कम खेलेको एट्लेटिकोको ६६ अंक नै छ । 

पराजित भएपछि बार्सिलोना ६५ अंकबाट तेस्रो स्थानमा झरेको छ । चौथो स्थानको सेभियाको २९ खेलबाट ५८ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ