arrow

यु–१९ क्रिकेटको पाँच वर्षे प्रायोजन वाइवाइले गर्ने, वार्षिक ७० लाख नगद दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
u-19-cricket-waiwai.jpg

काठमाडौं । चौधरी ग्रुपले नेपाली क्रिकेटका लागि फेरि ठूलै रकम लगानी गर्ने भएको छ । ग्रुपले वार्षिक ७० लाख नगद दिने गरी नेपाल क्रिकेट संघ (क्यान) सँग सम्झौता गरेको हो । 

चौधरी ग्रुपले नेपालको यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्ने भएको हो । उक्त सहमतिमा सोमबार सम्झौता भएको छ ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौताअनुसार चौधरी ग्रुपले क्यानलाई वार्षिक ७० लाख रुपैयाँ प्रदान गर्नेछ । यो रकम हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि हुने क्यानले जनाएको छ ।

सम्झौतापछि नेपाली उमेर समूहको टोलीलाई अब वाइवाइ नेपाल यु–१९ क्रिकेट टिम भनिने छ । सम्झौतापछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताए । 

क्यानका अध्यक्ष चन्दले वाइवाइको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म आइपुगेको र नयाँ सम्झौताबाट नेपाली क्रिकेटले पुनः उचाइ लिनेमा विश्वास व्यक्त गरे ।

यु–१९ महिला क्रिकेट टीमको सम्झौताबारे पनि छिट्टै टुङ्गो लाग्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ