arrow

सिरुवा पर्व र बगाह चौधरी महाराजाथानको ऐतिहासिक सम्पदा

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख १ बुधबार
jhapa-aadhibasi.jpg

झापा। झापा र मोरङ जिल्लाका आदिवासीहरू बसोबास गर्ने स्थानहरूमा नयाँ बर्सको आगमन साथै सिरुवा पर्वको आगमनमा उक्त स्थानका आदिवासीहरू रौनकतामा रमाउने बेला आएको छ । यस्तै परम्परागत रीतिरिवाजमा रमाउँदै गरेको झापा जिल्लाको दक्षिण पश्चिम पालिका गौरिगन्जमा त्यहाँका आदिवासी राजवंशी, ताजपुरिया जातिहरू सिरुवा पर्व मनाउने तयारी गर्दैछ्न ।

आफ्नै परम्परागत मौलिक संस्कृतिलाई जगेर्ना गर्दै त्यहाँका आदिवासीहरू मौलिकतामा रमाउँदै आएको पाइन्छ ।यस्तै भिन्न मौलिक सम्पदा बोकेको गौरिगन्ज गाउँपालिका वडा न २ मा पर्ने बगाह चौधरी बजारमा सिरुवा पर्वको रौनक देख्न पाइन्छ ।

सिसिरको सिरेटोलाइ छिचोलेर भित्रिएको वसन्तको आगमन साथ साथै नयाँ बर्सको रौनकतामा साबिक कारोबारी गाविसमा पर्ने उक्त बगाह चौधरी बजार कृश्निघाट खोलाको तिरमा अवस्थित छ ।   

राजवंशी जातिहरूको परम्परागत जातीय पर्व अनुसार वैशाख १ गते निसि पूजा अन्तरगत अघिल्लो सालको समापन गरी नयाँ बर्सको लागि नयाँ योजनाको तयारी गरिन्छ । त्यसै गरी २ गते काद सिरुवा (एक आपसमा हिलो छ्यापा छ्याप गर्ने ) पर्व मनाइन्छ ।

साथै वैशाख ३ गते पानी सिरुवाका दिन उक्त महाराज थानमा भक्तिभाब सहित पूजा आजा गरिने प्रचलन रहिआएको उक्त महाराजा थानका पुजारी एवम् महाराजा थान निर्माण समितिका अध्यक्ष नन्द प्रसाद राजवंशीले बताए । गत बर्स कोरोना महामारीको विश्वव्यापी प्रकोपका कारण महाराजाको पूजा रोकिएकोले यश बर्स आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै नवनिर्मित महाराजा थान सहित अन्य महाराजा थानको पूजा आजा गरिने महाराजा थानका पुजारी नन्द प्रसादले बताए ।

नेपालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलो चोटि आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार नेपालमा हाल ५९ वटा जातीय समुदायहरू आदिवासी जनजातिका रूपमा रहेका छन् ।अन्तर्राष्ट्रिय कानुन अनुसार आदिवासी आइएलओ महासन्धि नं. १६९ को धारा १ को उपधारा १ मा आदिवासीलाई पहिचान गर्न ३ वटा समय अवस्थालाई आधार मानिएको छ ।

पहिलो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरू बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्रलाई अरूले विजयी गर्दाको समयमा या समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ । दोस्रो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरू बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्र उपनिबेशीकरण भएको बेला या सो बेलाभन्दा अघिदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।

 या तेस्रो अवस्था भनेको वर्तमान राज्यको सिमाना निर्माण हुँदाको समय या सो समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ। यसलाई हेर्दा नेपालको पूर्वी जिल्ला झापा र मोरङका विभिन्न स्थानहरूमा परापूर्व काल देखि बसोबास गर्दै आउने राजवंशी र ताजपुरियाहरुका ऐतिहासिक  मौलिक सम्पदा बोकेका महाराजा थानहरू उनीहरू बसोबास गर्ने स्थानहरूमा प्रशस्त देख्न पाइन्छ ।

यस्ता मौलिक परम्परा र रीतिरिवाज बोकेका विभिन्न जातिका प्राचीन धरोहरको जगेर्ना गर्न सम्बन्धित स्थानीय सरकारहरू लागिपर्न आवश्यक रहेको देखिन्छ ।

सयौँ बर्स पहिले देखि आदिवासीहरूको बसोबास रहेको उक्त बजार लाई उर्लँदो बर्खे भेलले कुनै बर्स पनि बेला क्षति पुर्‍याउन नसकेको स्थानीय जानकारहरू बताउछ्न् ।

झापा जिल्लाका पुराना बजारहरू मध्ये एक उक्त बजार हाल सम्म पनि पुरानै शैली र संरचनामा रही रहेको हामी देख्न पाउँछौ । स्थानीय अग्रज ज्येष्ठ नागरिक भीम प्रसाद राजवंशीका अनुसार उक्त स्थानको इतिहास अलि बेग्लै रहेको उनी बताउछ्न् ।

बि. स. २०३७ साल कार्तिक २५ गते नेपालको सिमान बाट २२ कि.मि. दुरीमा रहेको भारतको बेनुगड बाट आएका बेनुगड महाराजले उक्त स्थानमा बगाह चौधरी महाराजाथान स्थापना गरिदिएको उनी बताउछ्न् । सो समयमा बेनुगड महाराजले १ रातमै उक्त बगाह चौधरी महाराजथान स्थापना गरिदिएको उनले बताए ।

किम्बदन्ती अनुसार करिब १०० बर्स पहिले त्यहाँ बसोबास गर्ने स्थानीय आदिवासी राजवंशी जातिहरू कृश्नेखोलामा माछा मार्न गएका थिए ।  माछा मान खोला बाँध्न उनीहरूले अथक प्रयास गर्दा पनि असफल हुँदा एक अपरिचित व्यक्ति आएर आफू उक्त स्थानमा बाध बन्ने र आफूलाई माटोले पुरी माछा मारेर लान अनुरोध गरे ।  सोही अनुरूप उनीहरूले ती अपरिचित व्यक्तिलाई माटोले पुरिदिएर माछा मारी खोलाको किनारमा निस्किए ।

खोलाको किनारमा निस्किदा भने झन् उनीहरू आश्चर्यमा परे किनकि जुन व्यक्तिलाई उनीहरू खोलामा पुरेर माछा मारेर बाहिर निस्किएका थिए सोही व्यक्ति तपाईंहरुलाई तिर्खा लाग्यो होला पानी पिउनुस् भन्दै पानी लिएर आए । आफूले पुरेको मानिस फेरि यसरी आफ्नै सामुन्ने आएर पानी खान अनुरोध गर्दा उनीहरू अचम्ममा परेका थिए ।

त्यही समय देखि उक्त स्थानमा ती महाराज कहिले हात्तीमा कहिले घोडा मा र प्राय जसो धेरै बाघमा चढेर विराजमान गर्ने गरेकोले उनलाई बगाह चौधरी (बाघमा चढ्ने ) नामले कहलिन थाले ।  उक्त समय देखि सो स्थानमा आवाज निकालेर गरिने शिल्पी कलाका कामहरू गर्न महाराजले बन्देज लगाएका थिए ।

सोही किम्बदन्ती अनुसार हाल सम्म पनि सो बजार छेत्रमा लोहार तथा सुनारहरू बसेका छैनन् । यदा कदा बसे महाराजले आएर उनीहरूलाई अझै पनि सचेत गराउने स्थानीय भिमप्रसादले बताए । सोही भनाइ अनुरूप सो स्थानमा त्यस्ता व्यवसाय गर्ने मानिसहरू बसोबास गरेको पाइँदैन ।

हाल सो बगाह चौधरी बजारमा ३ वटा महाराजाका थानहरू छन् । ३ वटा महाराजा थान मध्ये गाउँपालिकाको आर्थिक सहयोगमा एउटा महाराजा थानको पुनर्निर्माण सम्पन्न हुनै लागेको छ । गौरिगन्ज गाउँपालिकाको ४ लाख आर्थिक सहयोगमा २०७७ साल फाल्गुन ४ गते सरस्वती पुजाको दिन शिलान्यास गरी निर्माण सुरु गरिएको महाराजाथानको निर्माण अन्तिम चरणमा पुगेको छ ।



नयाँ