arrow

अफगानिस्तानबाट सेना फिर्ता गर्नु बाइडेनका लागि जोखिमपूर्ण

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
us-army-afghanistan.jpg

काठमाडौँ। बुधवार अफगानिस्तानबाट सबै सेना फिर्ता गर्ने घोषणा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, अमेरिकाको सबैभन्दा लामो लडाई समाप्त गर्ने समय आएको छ।

बराक ओबाको कार्यकालमा उपराष्ट्रपति रहेका वर्तमान राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थितिको विरोध गर्दै आएका थिए।

गत वर्ष तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता ल्याउने प्रक्रिया सुरु गरेका थिए। त्यसै प्रक्रियालाई अहिले बाइडेनले मूर्त रूप दिन थालेका हुन्।

यद्यपि ट्रम्पले मे १ सम्मा फिर्ता ल्याइसक्ने मिति तोकेका थिए, भने बाइडेनले सेप्टेम्बर ११ को नयाँ मिति घोषण गरेका छन् । 

सेप्टेम्बर ११ मै २० बर्सअघि अलकाइदाले अमेरिकीमा आक्रमण गरेको थियो र त्यसैको एक महिनापछि अमेरिकी सेना अफगानिस्तान प्रवेश गरेको थियो।

बाइडेनले सेना फिर्ता ल्याउन चालेको यो कदमको कतिपयले भने कडा आलोचना गरिरहेका छन्। सिनेटका रिपब्लिकन लिडर मिच म्याकोनेलले यसलाई बाइडेनको गम्भीर गल्ती भनेका छन्। तर, अन्य जस्तै टेक्सासका सेनेटर टेड क्रुज र मिसुरीका सेनेटर जोश हव्लेले भने बाइडेनको कदमको समर्थन पनि गरेका छन्।

केही अमेरिकी सर्वसाधरणहरूले समेत यो कदमको विरोध गरिरहेका छन्। अहिले अफगानिस्तानमा करिब ३ हजार ५ सय अमेरिकी सेना रहेका छन्।

एक दशकअघि यो सङ्ख्या १ लाख थियो। अफगानिस्तानमा २ हजार ४ सय ८८ अमेरिकी सेनाले ज्यान गुमाएको बाइडेनले सम्बोधनका क्रममा बताएका छन्।

बुधवारको सम्बोधनका क्रममा बाइडेनले भने, 'अमेरिकी सैनिकहरू घर फर्कने समय आएको छ।' उनले अघि भने, 'हामी अफगानिस्तानमा आफ्नो सैन्य उपस्थिति विस्तार वा विस्तार गर्ने चक्र जारी राख्न सक्दैनौँ।'

'अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थितिको अध्यक्षता गर्ने म चौथो अमेरिकी राष्ट्रपति हुँ। दुई रिपब्लिकन। दुई डेमोक्र्याट। यो जिम्मेवारीलाई म पाँचौँमा जा दिने छैन', बाइडेनले भने।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लिनु छोटो समयका लागि राजनीतिक नकारात्मक पक्ष नदेखिए पनि बाइडेनका लागि यो कदम जोखिम बिनाको भने छैन। यदि तालिबानले अफगानिस्तानको सत्ता हातमा लिई महिला अधिकार हनन गर्‍यो भने, वा अफगानिस्तान फेरि कट्टरपन्थी उग्र बादीहरूका लागि मुख्य मैदान बन्यो भने अमेरिकी जनताले बाइडेनलाई यसको जिम्मेवार ठहराउन सक्ने छ। र आजका आलोचकहरूका लागि यो झन् ठुलो हतियार बन्ने छ।

बाइडेनले अफगान सरकारको सुरक्षा बललाई सहयोग जारी राख्ने र विद्रोही तालिबानी नेताहरूसँग शान्ति वार्ता गर्ने बताएका छन्। तर यसले अफगानिस्तानमा स्थिरता नरहन सक्छ।

अमेरिकाले दक्षिण भियतनामबाट आफ्नो सेना फिर्ता गरेपछि दक्षिण भियतनामको पतन सुरु भएको थियो। अफगानिस्तानको हालत पनि यससँग मेल खाने भयो भने, यो झन् ठुलो आलोचनाको विषय बन्ने छ।

यद्यपि अहिले बाइडेनले अमेरिकाको सबैभन्दा लामो युद्धको अन्त्य गरिरहेको भन्दै श्रेय दाबी गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ