arrow

नेपालमा अनुसन्धानमूलक पत्रकारिताको कमी छ – न्यूरो सर्जन डा. बसन्त पन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
dr-basant-pant.JPG

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तले नेपाली मिडियाले अनुसन्धानमूलक पत्रकारिता गर्न नसकेको बनाएका छन् । यसबारेमा स्पष्ट पार्दै २५ वर्ष न्यूरो साइन्समा बिताइसकेका उनले भनेका छन्, ‘अनुसन्धान यति कम छ कि मलाई कहिलेकाहिँ इन्टरभ्युमा डाक्दाखेरी के सोध्नुहुन्छ भने डा. साब एक शब्दमा भनिदिनुस् नसाको रोग भन्या के हो ? अनि एक शब्दमै भनिदिनुस् यसबाट बच्ने उपाय के हो भनेर ?’’

सजिलै समाधान गर्ने जादूमय गोली त आफूसँग पनि नभएको उल्लेख गर्दै डा. पन्तले भने, ‘कहिलेकाहिँ कस्तो लाग्छ भने ए बाबा पढिदिएर आए हुन्थ्यो । तर कति हेल्थ जर्नालिष्टहरु मैले देख्या छु जसले लिटरेचर रिभ्यू गरेर पढेर आएर स्टाटिस्टिक्स लिएर आफूले भन्दा बढ्दा थाहा पाउने गरेर आफूलाई नै आच्छु आच्छु गरेर सोध्ने मान्छेहरु छन् यहाँ ।’

नेपाली पत्रकारितामा सुधार भएको भए पनि अझै अनुसन्धानमूलक पत्रकारिताको कमी महसुस भएको उनले बताए । 

डा. पन्तले मिडियामा आएको विषयलाई लिएर कतिपय समयमा नीति निर्माण गरिएको उल्लेख गर्दै मिडियाको शक्ति धेरै नै भएको स्पष्ट पारेका हुन् । 

आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा संचार माध्यमको भूमिका कस्तो हुनुपर्छ भनी नेपाल हेल्थ कन्क्लेभ २०२१ मा बोल्दै डा पन्त भन्छन्, ‘तपाईको श्रीमान् श्रीमतीले कति समय फेसबुकमा बिताउनु हुन्छ भन्नेबाटै थाहा हुन्छ कि हाम्रो कति समय मिडियामा कनेक्टेड छ भन्ने कुरा ।’

निकै व्यवहारिक विषय उठाएका डा. पन्तले याक एन्ड यति होटलमा आयोजित उक्त कन्क्लेभमा यसरी आफ्नो मन्तव्य दिएका थिए –

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ