arrow

स्रष्टा सदन संस्थाबाट पत्रकार सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
press photo.jpg

स्याङ्जा । स्याङ्जा स्रष्टा सदन काठमाडौँले नेपाल पत्रकार महासङ्घमा निर्वाचित भएका पत्रकारहरूलाई बधाई तथा सम्मान गरेको छ । फेदिखोला गाउँपालिका १ मा आयोजना गरिएको सदनको सम्मान तथा वनभोज कार्यक्रममा पत्रकार महासङ्घ स्याङ्जामा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान तथा बधाई गरिएको हो ।

पत्र कारिताको माध्यमबाट सामाजिक, आर्थिक र राजनीतिक भूमिकामा महत्त्वपूर्ण भूमिका खेल्ने पेसाकर्मीहरू पनि राष्ट्रका स्रष्टा भएको भन्दै सदनले बधाई सहित सम्मान गरेको महासचिव घनश्याम रिजालले बताए । स्याङ्जामा जन्मिएर कलाकारिताको क्षेत्रमाका गर्दै आएका कलाकारहरूको समूहबाट स्थापना गरिएको स्याङ्जा स्रष्टा सदनले छोटो समयमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । सबैलाई गोलबद्ध गरी स्याङ्जालाई देश विदेशमा चिनाउने उद्देशय मात्रै नभएर जिल्लाको विकासमा अतुलनीय योगदान दिने व्यक्ति हरूलाई सम्मान गर्दै आएको रिजालको भनाई छ ।

चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महासङ्घ स्याङ्जाको निर्वाचनबाट अध्यक्षमा निर्वाचन भएका श्रीकृष्ण सिग्देल सहित २१ जनालाई बधाई र सम्मान गरिएको थियो । मुक्तिनाथ विकास बैङ्कका अध्यक्ष भरतराज ढकालले पत्रकार सहित अन्य स्रष्टाहरूलाई सम्मान गरेका थिए । सम्मान तथा वनभोज कार्यक्रममा बोल्दै ढकालले देश र जनताका लागि सुसज्जित गर्ने व्यक्तिहरु राष्ट्रको गहना भएको बताए ।

साहित्यकार, कलाकार र पत्रकार राष्ट्रका गहना हुन् अध्यक्ष ढकालले भने,‘जुनसुकै बिधाबाट नागरिकलाई सुसज्जित गर्नेहरुको संरक्षण हुनु आवश्यक छ ।’ जसले गायो, जसले लेख्यो उही सरकारबाट तिरस्कृत हुने अवस्थाको अन्त्य हुनु पर्छ उनले भने । अन्याय र अत्याचार विरुद्ध कलाकार र पत्रकार लागिरहनु पर्नेमा ढकालले जोड दिए ।

कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका पर्व अध्यक्ष प्रजापति पराजुली लगायतका वक्ताहरूले स्रष्टाहरूको सम्मान गरेर प्रतिभालाई जोगाई राख्न यो सदनले देखाएको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए । सदनका अध्यक्ष रामजी खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव घनश्याम रिजालले गरेका थिए ।

सोही अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखाको अध्यक्षमा निर्वाचित भएका विमला भण्डारीलाई पनि बधाई र सम्मान गरिएको थियो । स्याङ्जाकी चेली कास्कीमा पत्रकारितामा लामो समय काम गर्दै आएकी भण्डारीलाई सदनले सम्मान गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ