arrow

लुम्बिनीमा मन्त्री बनेका चार नेता निलम्वनमा ,२४ घण्टे स्पष्टीकरण मागियो  

logo
नारायण वली
प्रकाशित २०७८ वैशाख ६ सोमबार
samajbadi.jpg

रुपन्देही । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने चार नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण मागेको छ ।

जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै, पदको सपथ लिएका सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लगायतसंग स्पष्टीकरण मागिएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ–‘सरकारबाट राजीनामा दिई उचित स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि उल्लेख गरिएको छ ।

सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका चार जना नेताहरु मन्त्री नियुक्त भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ