arrow

रुस-युक्रेन तनाव : युद्धको सम्भावना कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
russia-ukraine1.jpg

काठमाडौँ। सोभियत सङ्घको पतनसँगै सन् १९९१ मा युक्रेनले स्वतन्त्र राष्ट्र भयो। सन् २०१४ को मार्चमा रुसले युक्रेनबाट क्रिमियालाई आफूमा गाभ्यो। त्यसयता युक्रेन र रुसबिचको सम्बन्ध चिसिँदै गएको छ। पछिल्लो समय युक्रेनको डोनबास क्षेत्र र युक्रेन सीमामा रुसले हजारौँको सङ्ख्यामा सेना स्थापित गरेपछि तनाव बढेको हो।

मार्च २६ मा पूर्वी युक्रेनको विवादित क्षेत्रमा रुस समर्थकहरूले चार युक्रेनी सेनाको हत्या गरेपछि सन् २०२० देखिको युद्ध बिराम फेरि तनावको अवस्थामा धकेलिएको छ। त्यसयता युक्रेन रुस सीमामा हजारौँको सङ्ख्यामा सैन्य उपस्थिति बढेको छ भने, ठुलठुला हतियारहरू तैनाथ गरिएको छ।

युक्रेनले यसलाई आफ्नो सार्वभौमिकताको विरुद्धको अनियन्त्रित भड्काऊ भनेको छ। हाम्रो सीमामा रुसी सैन्य उपस्थिति हामीलाई स्पष्ट रुपमा थाहा छ, प्रश्न यो मात्रै हो कि अब युद्धको अवस्था पुटिनमा निर्भर गर्छ, युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले केही दिनअघि भनेका छन्।

युक्रेनले खतराको कुरालाई बढवा दिइरहेको रुसी आरोप छ। त्यहाँ सेनाको ओसार पसार र केही कुराको नवीकरण भइरहेको छ, तर युक्रेनले पश्चिमीहरूको इसारामा रुसले भोलि नै आक्रमण गर्दै छ भनेर खतरालाई प्रोत्साहन दिइरहेको छ, रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भनिन्।

यसरी रुसको राजधानी मस्को र  युक्रेनको राजधानी  कीभ दुवैले आफूले तनाव बढाइरहेको कुरालाई अस्वीकार गरे।

विवादको विषय के हो ?
यो समस्याको मुख्य जड भनेको युक्रेनको भौगोलिक र त्यहाँको जनसांख्यिकीय बनावट हो। पूर्व सोभियत भुमी भएका कारण युक्रेन पूर्वी क्षेत्रमा केही विभाजित छ। त्यहाँको संस्कृति र एतिकासिकता रुससँग मिल्छ। उनीहरुले आफुलाई युक्रेनियन भनेर बढी चिनाउँछन्।

यसबाहेक पूर्वी क्षेत्र विद्रोह र रुसी समर्थकको केन्द्रका रूपमा पनि मानिन्छ। यहाँको विद्रोही समूहले रुसबाट समर्थन पाउने आरोप समेत छ। र यो समूहले नै यो क्षेत्रमा द्वन्द्व र अशान्ति फैलाउने गर्छ।

सन् २०१४ देखि यहाँ करिब १३ हजार सर्वसाधारण,  ४२ सय युक्रेनियन सेना र ५ हजार ६ सय ५० रुस समर्थक विखण्डनबादीहरूले द्वन्द्वमा परि ज्यान गुमाएका छन्। यसबाट मुक्ति पाउनका लागि युक्रेन नाटोको सदस्य बन्न खोजिरहेको छ।

नाटो र रुसका लागि रुसको अर्को सिमानामा प्रभाव पार्ने यो ठुलो अवसर हो। तर, मस्कोले यसलाई अस्तित्वगत खतरा ठान्छ। रुसले यहाँ अर्बौँ डलर लगानी गरेको छ। युक्रेन हुँदै रुसले निर्यात गर्ने तेलको ठुलो हिस्सा पास हुन्छ।

युक्रेनमा रुस समर्थक समूह पनि ठुलो सङ्ख्यामा छ। रुस र युक्रेनबीचको यो अवस्था सैन्य द्वन्द्वमा फैलियो भने युरोप र पुरै विश्वमा ठुलो असर पर्ने देखिन्छ।

रुसले अहिले पूर्वी सीमा र क्रिमियामा गरेर झन्डै लाखौँ सेनाहरू तैनाथ गरेको विभिन्न रिपोर्टहरूमा जनाइएको छ। रुसले आन्तरिक मामिला र युद्ध अभ्यासका लागि गतिविधिहरू गरिरहेको दाबी गरेको छ।

तर, रुसले यसरी नै घुसपैठको रणनीति अपनाएर युक्रेनमाथि कब्जा गर्न सक्ने विश्लेषकहरूको अनुमान छ। घुसपैठकै रणनीतिले रुसले क्रिमियामाथि कब्जा गरेको थियो।संयुक्त राष्ट्र अमेरिका र युरोपले रुसको कदमप्रति चिन्ता व्यक्त गर्दै यथास्थितिमा दखल नपुर्‍याउन चेतावनी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ