arrow

पूर्वी नवलपरासीमा सिङ्गो गाउँ कांग्रेसमा प्रवेश

७५ घरका ३ सय ३४ जनालाई कोइरालाले गरे स्वागत

logo
सन्जय भट्टराई
प्रकाशित २०७८ वैशाख ८ बुधबार
sashank-koirala-nawalpur.jpg

कावासोती । पुर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा एउटा सिङ्गै गाउँ नै नेपाली काङ्ग्रेसमा प्रवेश गरेको छ ।बुलिङ्गटार गाउँपालिकाको वडा ४ मा पर्ने चुलिबोझा गाउँका ७५ घरका ३ सय ३४ जना नेकपा एमाले र अन्य दल छोडेर  नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् । 

मङ्गलवार चुलिबोझामा आयोजना गरिएको कार्यक्रममा नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीमा स्वागत गरेका थिए । 

यस अघि नेकपा एमालेको वर्चस्व रहने गरेको उक्त गाउँमा चुनाव प्रसार प्रचारका लागि आफूहरू जाने अवस्थामा नभएको काङ्ग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले बताए । "सिङ्गो गाउँ नै प्रवेश गर्दा हामी उत्साहित भएका छौं, आफ्नै पार्टीको सरकार हुँदा पनि उहाँहरूमा निराशा थियो, उहाँहरू सिङ्गो गाउँ नै हाम्रो पार्टीमा प्रवेश गर्नु भएको छ, उहाँहरूलाई हामी निराश पार्दैनौ,"  हाम्राकुरा सँगको कुराकानीमा लामिछानेले भने  । उक्त गाउँ नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निर्वाचन  क्षेत्रमा पर्दछ । 

 कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछाने , संविधान सभा सदस्य महेन्द्रध्वज जिसी , प्रदेश सांसद  ओमकला गौतम, बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटी  लगायतका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ